एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ
एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ

एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ ।

आन्तरिक राजस्व विभागकाअनुसार आइतबार एनसेनले ठूलो करदाता कार्यालय, हरिहर भवनमा उक्त रकम बराबरको पुँजीगत लाभकर दाखिला गरेको हो ।

विभागकी उपमहानिर्देशक चन्द्रकला पौडेलले एनसेलले ठूलो करदाता कार्यलयमा सो रकम बुझाएको विभागलाई जानकारी गराएको बताइन।

एनसेलले यसअघि पनि सरकारलाई रु नौ अर्ब ९६ करोड ९५ लाख पुँजीगत लाभकर सरकारलाई बुझाएको थियो ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0