काठमाडौं र पोखराबाहिर फोर-जी विस्तार गर्न टेलिकमले अलमल गर्दै
काठमाडौं र पोखराबाहिर फोर-जी विस्तार गर्न टेलिकमले अलमल गर्दै

काठमाडौं र पोखराबाहिर फोर-जी विस्तार गर्न टेलिकमले अलमल गर्दै

नेपाल टेलिकमले आफ्नोे द्रुतगतिको मोबाइल इन्टरनेट फोर-जी सेवाको विस्तारमा ढिलाइ गरेको छ । काठमाडौं र पोखरामा फोर-जी सुरु गरेको ५ महिना बित्दा पनि टेलिकमले अन्य शहरमा विस्तारका लागि अझै टेण्डर अह्वान गरेको छैन ।

निजी क्षेत्रका कम्पनीले फोर-जी सेवा थालिसक्दा पनि टेलिकमले आफ्नो सेवा विस्तारमा द्रुत गतिमा काम गर्न सकेको छैन ।एक वर्षभित्र देशभर फोर-जी पुर्‍याउने भनेपनि पहिलो चरणमा १५ उपमहानगरपालिकामा विस्तार गर्ने योजना पनि अलपत्र बनेको छ । टेलिकमले पुस १७ गतेबाट फोर-जी सेवा थालनी गरेको थियो ।

टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारी ३ महानरपालिकासहित १२ वटा उपमहानगरपालिकामान फोर-जी सेवा विस्तार गर्ने गरी टेण्डर डकुमेन्टेशनको काम अन्तिम चरणमा पुगेको बताउँछन् ।

बिर्तामोड, धरान, इटहरी, भरतपुर, हेटौंडा, वीरगञ्ज, जनकपुर, विराटनगर, नेपालगञ्ज, बुटवल, धनगढी लगायतका क्षेत्रमा अब फोर-जी विस्तार हुनेछ । सँगै केही शहरी बस्ती बाक्लो भएका नगरपालिकामा पनि फोर-जी सेवा सुरु गर्ने योजना छ ।

टेलिकमले महत्वपूर्ण शहरमा एकैैसााथ फोर-जी सेवा थाल्नका लागि नेटवर्क डिजाइन गरेको छ । यो सकिनासाथ टेण्डर गरेर फोर-जीलाई प्रमुख शहरी क्षेत्रहरुमा केन्द्रित गरिने बताइएको छ ।

निजी क्षेत्रको सेवा प्रदायक एनसेलले पनि फोर-जी सुरु गरिससकेको अवस्थामा सरकारी सेवा प्रदायक टेलिकमको काम भने सुस्त देखिएको छ ।

उपत्यका र पोखराबाहिरका टेलिकमका ग्राहक फोर-जीको ब्यग्र प्रतिक्षामा छन् । तर, टेलिकमले भने तीब्र रुपमा एलटीई विस्तारका लागि काम गरिरहेको छैन ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0