पुँजी बढाउन कुमारी बैंकले किन्यो अन्य ४ वित्तीय संस्थाहरु
पुँजी बढाउन कुमारी बैंकले किन्यो अन्य ४ वित्तीय संस्थाहरु

पुँजी बढाउन कुमारी बैंकले किन्यो अन्य ४ वित्तीय संस्थाहरु

काठमाडौं । कुमारी बैंकले पुँजी बढाउन  ४ वित्तीय संस्थालाई खरिद गरेको छ ।
बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई खरिद गरेको हो । आउदो असार १२ गते एकिकृत कारोबार हुने कुमारीले जनाएको छ । सबैं वित्तीय संस्थाको साधारणसभाले पारित गरेको तथा नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि एकिकृत कारोबार गर्ने तयारी भएको हो ।
हाल बैंकको चुक्तापूँजी ४ अर्ब ६१ करोड रुपैयाँ छ । यो महिनाभित्र चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पु¥याउनु पर्ने वाध्यकारी व्यवस्था भएपछि कुमारीले ४ वित्तीय संस्थालाई खरिद गरेको हो । एकिकृत कारोवारपछि कुमारीको शाखा सञ्जाल, निक्षेप, कर्जा र पुँजीगत हिसावले मजवुत हुने छ ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0