करिना कपुर बायोपिकमा
करिना कपुर बायोपिकमा

करिना कपुर बायोपिकमा

करिना कपुर चाँडै नै एक बायोपिकमा देखिने भएकी छिन् । यो फिल्म कसको जीवनामा आधारित छ भन्ने चाहिँ खुलासा भएको छैन ।

हिट बायोपिक्सका लागि कहलिएका ओमंग कुमारले आफ्नो आगामी फिल्ममा करिनालाई अनुवन्ध गरेका हुन् । आमा भएपछि यो उनको दोस्रो फिल्म हुनेछ ।

करिना अहिले आफ्नो आगामी फिल्म ‘वीरे दि वेडिङ’ का लागि जमेर तयारी गरिरहेकी छिन् । यो फिल्मको सुटिङ अगष्टमा सुरु हुनेछ । अहिले करिनाको धेरै समय फिटनेसका लागि खर्च हुने गरेको छ । उनले धेरै हदसम्म आफूलाई सेपमा ल्याइसकिन् । आगामी दुई फिल्मले आफूलाई बलिउडमा पुनस्र्थापित गर्ने उनको विश्वास छ ।

ओमंगकुमारले यसअघि मेरी कोम र सरबजीत जस्ता सफल बायोपिकको निर्माण गरिसकेका छन् । पि्रयंका चोपडा र ऐश्वर्या रायसँग काम गरेपछि अब उनले करिनाका लागि मिल्दो स्त्रिmप्ट भेटेका छन् ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0