मिस नेपाल  २०१७को उपाधि ‘नीकिता चन्दक’ लाई
मिस नेपाल  २०१७को उपाधि ‘नीकिता चन्दक’ लाई

मिस नेपाल २०१७को उपाधि ‘नीकिता चन्दक’ लाई

सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दक को पोल्टामा गएको छ । होटल अन्नपूर्णमा आयोजना भएको यो बर्षको ‘मिस नेपाल’मा उनले अन्य १८  जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । अब उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।

पछिल्लो समय लोकप्रियता घट्दै गएको ‘मिस नेपाल’को ताजलाई बर्षभरी आफ्ना कामका माध्यमबाट चर्चामा राख्नु नीकिताको मुख्य चुनौती देखिएको छ । चन्दकले भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन समेत गरेकी छिन् । यस्तै, यो बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठको पोल्टामा गयो भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले जितिन् । ‘मिस नेपाल’को अडिसन सकिएर अन्तिम प्रतिस्पर्धीको नाम चर्चामा रहेसँगै धेरैले नीति शाहले टाइलट जित्ने अनुमान गरिरहेका थिए ।

तर, मोरङकी सुन्दरीले सबैको अनुमानलाई उल्टो साबित गराइदिइन् । यस्तै, सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छिन् । राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्न सोधेका थिए । जसको जवाफ चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् ।

द हिडेन ट्रेजरले यो चर्चित सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको छ । तर, पछिल्ला बर्षमा यो सौन्दर्य प्रतियोगीताको चर्चा निकै कमजोर बनिरहेको छ ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0