रणबीर कपुरसँग अब फिल्म नखेल्ने – कट्रिना कैफ
रणबीर कपुरसँग अब फिल्म नखेल्ने – कट्रिना कैफ

रणबीर कपुरसँग अब फिल्म नखेल्ने – कट्रिना कैफ

रणबीर कपुर र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘जग्गा जासूस’ १४ जुलाई  रिलिज हुदैछ । दुबै यो फिल्ममा ब्रेकअप पछि पनि काम गरिरहेका छन् । यद्यपी, कट्रिनाले यो फिल्मपछि अब रणबीरसँग भविष्यमा कहिले पनि काम नगर्ने स्पष्ट पारेकी छिन् । एक चर्चित पत्रिकाको रिपोर्ट अनुसार कट्रिनाले फिल्मको प्रोमोशनल इभेन्टमा उनका लागि रणबीरसँग काम गर्न निकै कठिन भएको जनाएको छ ।

कट्रिनालाई उनी भविष्यमा रणबीरसँग काम गर्ने सम्भावना कत्तिको छ भन्ने प्रश्न सोध्दा उनले भनिन्, ‘यो निकै कठिन छ ।’दुबैसँग नजिक रहेका निर्देशकले भने, ‘हुन त कट्रिना र रणबीरसँग भविष्यमा एक–अर्कासँग काम गर्नका लागि न त कुनै डेट्स छ न नै टाइम ।’

कट्रिना ‘टाइगर जिन्दा हे’ र ‘ठग्स अफ हिन्दोस्तां’ मा काम गरिरहेकी छिन् भने रणबीर संजय दत्तको बायोपिक र अयान मुखर्जीको ‘ड्र्यागन’ मा व्यस्त छन् ।

७ वर्ष सम्बन्धमा रहे कट्रिना–रणबीरः सन् २०१६ जनवरीमा रणबीर–कट्रिनाको ब्रेकअपको खबर सार्वजनिक भएको थियो । योभन्दा पहिले उनीहरु ७ वर्षसम्म सम्बन्धमा रहे । यतिमात्र होइन, ब्रेकअपको ६ महिना अघिमात्र उनीहरु लिभ–इनमा बस्न सुरु गरेका थिए ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0