संसारको  सबैभन्दा अग्लो लिफ्ट, डेढ मिनेटमै पुगिन्छ टुप्पोमा
संसारको  सबैभन्दा अग्लो लिफ्ट, डेढ मिनेटमै पुगिन्छ टुप्पोमा

संसारको सबैभन्दा अग्लो लिफ्ट, डेढ मिनेटमै पुगिन्छ टुप्पोमा

प्रविधिको दुनियामा हरेक दिन विश्वमा नयाँ नयाँ खोज भइरहेका छन् । यस्तै वैज्ञानिक खोज तथा अनुसन्धान अनि निर्माणको जगतमा चमत्कार गरिरहेको चीनले भवन भन्दा बाहिर रहेको विश्वको सबैभन्दा अग्लो लिफ्टको किर्तिमान पनि आफ्नै नाममा राख्न सफल भएको छ ।

चीनको हुनान प्रान्तस्थित बाइलंग एलिभेटर विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट हो ।

पहाडको काखबाट सुरु भएर पहाडको टुप्पोसम्म पुगेको यो लिफ्टमा चढ्नेहरुले प्रकृतिको सुन्दर छटा अवलोकन गर्ने सौभाग्य प्राप्त गर्न सक्छन् ।

यो लिफ्ट ३ सय २६ मिटर अर्थात् झण्डै एक हजार फिट अग्लो रहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् अनुसार यो विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट हो ।

यो लिफ्टमा तिनवटा डबल डेकर एलिभेटर लगाइएका छन् र हरेक एलिभेटरको भार बहन क्षमता ४ हजार ९ सय किलो रहेको छ ।

झण्डै एक हजार फिट अग्लो रहेको यो एलिभेटरको गति यति तिव्र छ की फेँदबाट टुप्पोसम्म पुग्न जम्मा १ मिनेट ३२ सेकेण्ड मात्र लाग्दछ ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0