अबका आवश्यकता
अबका आवश्यकता

अबका आवश्यकता

-प्रदिप घिमिरे

स्थानीय निकायको पहिलो चरणको निर्वाचन सक्किसकेको छ।अबको दोस्रो चरणमा पनि सहभागि उम्मेदवारलाई शुभ कामना र हार्दिक बधाई।यो बधाई मात्र विजयको लागि होइन,बधाई भित्रको अबका दिनका लागि शुभकामना पनि हो।विजय हुनु भनेको आफैमा एक जिम्मेवार हुनु पनि हो। देश यस्तो,देश उस्तो,यो भएन,त्यो भएन,अब यो सम्पूर्ण समस्याको सहि मुल्यांकन गर्न सक्नु नै उसको एक विजय हो र त्यो किसिमको जनगुनासोको समाधान नै एक असल विजय हो।

त्यसले व्यक्तिको मुल्यांकन स्थानीय तहमा मात्र हुदैन,त्यो मुल्यांकन राष्ट्रिय तहमा हुन्छ।त्यो कार्य प्रगतिले भोलि उसको लागि राष्ट्रिय राजनितीमा बाटो फराकिलो गर्छ। अब देश बनाउने समय आएको छ।सायद आशा यति गरौं कि अब शिक्षा,स्वास्थ्य,रोज­गार लगायतको लागि बसाइँसराइ गर्नुपर्ने स्थिति आउने छैन। विचार गरौं त शिक्षा प्राप्तिका लागि सन्तान टाढा हुदा कति घाटा भएको छ।

यदि सन्तान अभिभावकसँग हुन्थे त सन्तान आफैमा अलिबढी अनुशासित सहित पढाइमा अलि बढि समय दिन पाउथे।सायद अलि स्वास्थकर खाना खान पाउथे।सायद खालि समयमा आफ्नो बाआमालाई सहयोग पनि गर्थे। यदि कुनै पनि बहानामा बसाइँसराइ गर्नु पर्दैन थियो त सायद कृषि पेसा पनि अधिकांसले सहायक पेसाको रुपमा लैजान्थे कि? कमसेकम आफ्नो भान्साका लागि।

त्यसका लागि परिवारका सबै सदस्य उतिकै लगनशील पनि रहन्थे।अब आसा गरौं केहि राम्रो अवश्य हुनेछ। स्थानीय सरकारले स्थानीयको अधिकांस आवश्यकता पुरा गर्न सक्लान् अबका दिनमा।हुन त स्थानीय निकायका विजय व्यक्ति अब पार्टीका मान्छे मात्र रहदैनन् तर पनि अब हरेक पार्टी पनि अब यति सम्म जानकार चाहि रहन आवश्यक छ कि उसको पार्टीको जनताको प्रतिनिधि आफ्नो क्षेत्रमा कर्तव्यरायण छ कि छैन? निर्वाचन भनेको एक पर्व हो।लोकतन्त्र,प्रजातन­्त्रको जग हो।नेपाल लोकतान्त्रिक देश भएको हुनाले भोलि फेरि चुनाव हुनेछ। फेरि सङ्गठनले उम्मेदवार उठाउने छ।त्यसमा विजय गुमाउनु सायद पार्टीको इज्जत सित जोडिने कुरा हुन्।आशा गरौं कि अब यि यावत विषय जोडेर हेर्दा अब देशमा विकास दौडिने छ।

आजको देशको समस्या भनेको दक्ष जनशक्ति सहर केन्द्रीकृत हुनु र विदेशीनु हो।यदि यो स्थानीय तहका विजयी व्यक्तिले आफ्नो ठाउँमा पुर्वाधार बनाउन सके,नेपाल सरकारले पनि दक्ष जनशक्ति आवश्यक परे विदेशवाट पनि आयात गर्नुपर्ने बाध्यात्मक स्थिति अाउनेरछ । आज हामीलाई थाहा छ,शिक्षक सहर ताक्ने,डाक्टर सहर ताक्ने अरु आदि इत्यादि छन्। त्यसको सहि विकल्प भनेको हामीले जन शक्ति निर्यात गर्नु नै हो।हामीलाई अब मात्र देश बनाउनु छ। यो देश बनाउनका लागि यति त गर्नैपर्छ।सबै व्यक्ति सुविधा केन्द्रीत मात्र पनि हुदैन,कोहि सेवा केन्दित पनि हुन्छन्। सकिन्छ सरकारलेे दिने सेवामा अब बढुवा दिऔ। देशका जनशक्तिलाई प्रोत्साहन गरौं,सकिदैन विदेशी सहयोगमा नै जनशक्तिलाई सहयोग मागौं।

यो स्थानीय निकायमा पनि स्रोत र साधनको विभाजन उति कै भएको छ।त्यसको पहिचान गरौं।त्यसको सदुपयोग गरौं।सम्पूर्ण व्यक्ति जुटौं,देश बनाउ।चुनियका पदाधिकारीलाई स्वतन्त्र पुर्वक काम गर्न दिऔ।तिनले भोलि भन्न नपाउन कि,काम गर्न नै दिएनन्।बरु हामीले भन्न पाउ खै काम गरेको।यो स्थानीय निकायले यति सिध्द गरोस् कि प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि नै यो देशको आवश्यकता हो।
अबका दिनमा विजयी उम्मेदवार पार्टी केन्दीत नहुन्। जनता पक्षिय बनुन्।आफ्नो कर्तव्य भित्र रहि,प्रचलित कानुनको अधिनमा रहि काम गरुन।कसैलाई केहि लान्छना नलागोस्।सबैमा शुभकामना।

-टोखा, काठमाडौं

 

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0