बैकल्पिक व्यक्ति –
बैकल्पिक व्यक्ति –

बैकल्पिक व्यक्ति –

-प्रदिप घिमिरे

केही समयदेखि नेपालमा बैकल्पिक शक्तीको बारेमा ठुलै बहस सुरु भएको छ।बैकल्पिक शक्तीको बहस सुरु भएसँगै बैकल्पिक शक्ति नै झै गरेर नेपालमा ठुलै लहरसाथ राजनितीक दल खोल्ने लहर चल्यो। कोहि फरक पेसामा नाम कमाएर आउने, कोहि विदेशमा अध्ययन गरेर आउने त नयाँ क्षेत्रमा संभावना देखाउदै लागेको भएर वैकल्पिक भन्नु केही अर्थमा सहि पनि मानिएला।तर पुरानै राजनितिक पृष्ठभूमि भएका व्यक्तिले नयाँ राजनितीक धार समातेर आउने अनि बैकल्पिक शक्ति भन्ने क्रम पनि सुरु भएको छ। तर के आजको आवश्यकता साच्चै वैकल्पिक शक्ति नै हो त? नेपालमा बैकल्पिक शक्तिको पछिल्लो वहस चलिरहदा भारतमा २०१२ मा जन्मियो एक शक्ति आम आद्मी पार्टी।
त्यसैको सेरोफेरोमा नेपालमा पनि बैकल्पिक शक्तीको बहस चल्यो।हुन पनि हो,मुल धारको राजनितीमा लागेला पार्टीको कामकर्तव्यले जनताको मन जित्न सकिरहेको थिएन।त्यसमा बहसमा बैकल्पिक शक्तीको कुरा आउनु ठुलै विषय जनस्तरमा बन्यो।पार्टी पनि जन्मिने क्रम सुरु भयो।तत्कालिन राजनितिक दल प्रति वितृष्णा जागेको परिपेक्षमा नेपालमा चुनावको माहोलमा आयो युवाको एक समूह बैकल्पिक शक्तीको रुपमा र काठमाडौंका विभिन्न चार क्षेत्रमा दोस्रो संविधान सभाको निर्वाचनमा भाग लियो।र त्यस पश्चात् उक्त युवा समूह बन्यो राजनितिक पार्टी ‘विवेकशील नेपाली’ बनेर।
देशका युवाको साथमा सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्ने वाचा गरेर आएको पार्टीले आजका दिनमा राम्रोसँग नाम भने चाहि विकाउन सकेको देखिन्छ।तर नामले अधिकार दिदैन।अधिकार प्राप्त गरेर जनताको काम गर्न चुनाव जित्नु पर्छ।तर भर्खरै सकिएको पहिलो चरणको चुनावमा भोट राम्रो ल्याए पनि चुनाव नजितेपछि उक्त बैकल्पिक शक्तिको पनि यतिबेला काम हेर्न नसकिने भएको छ। हुन त पार्टी राष्ट्रिय नभइकन क्षेत्रिय जसरी चलिरको अवस्थामा पार्टीको काम र आचरण हेर्न र पूरा रुपमा जनपक्षीय रुपमा केलाउन उसको दिन कुर्नुपर्ने हुन्छ।तर जतिबेला सम्म ती शक्तीले जनतामा रहेको शक्तीको माया र छाया निकाल्न सक्दैनन् त्यतिबेला सम्म कसैको केही हुनेवाला छैन। भारतको दिल्लीमा जसरी जनताले नेपालमा नयाँ व्यक्ति या पार्टीलाई विश्वास गर्नसक्ने अबस्था देखिदैन।नेपालमा राजनिती विचार पनि पैतृक वा भनौ बंशाणुगत रुपमा गएको देखिन्छ। त्यसकारण बैकल्पिक शक्तिको बहस नेपालमा भएको अवस्थामा यो बुझ्न जरुरी देखिन्छ कि त्यो कुराको बहस गर्ने झुण्ड भनेको अल्पमतको हो। बैकल्पिक शक्ति स्थापना गर्ने क्रम जारी रहदारहदै अर्को पार्टी जन्मियो नयाँ शक्ति।हुनत पुरानै राजनिती पृष्ठभूमिबाट आएका व्यक्तिको पार्टी भएको हुनाले यो पार्टी समग्रमा नयाँ नभइकन सौदान्तिक पाटो मात्र नयाँ हो भन्न मिल्छ यसलाई।
जनताले विश्वास गरेका वर्तमान राजनितिक नेता मध्यका एक डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी यो। तर जब भट्टराईले यो शक्तीको स्थापना गरे त्यसको सेरोफेरोमानै उनीप्रयि विश्वास राख्ने केही प्रतिशत जनतामा उनीप्रति पनि विश्वास हराइसकेको थियो। त्यसमाथि अधिकांस व्यक्ति पुरानै राजनितिक अनुहार भएको कारणले पनि नाम नयाँ भए पनि जनताले यो पार्टीलाई बैकल्पिक शक्तीको रुपमा स्विकारेनन् भन्ने कुरा सम्पन्न निर्वाचन परिणामले देखाएको भान हुन्छ।हुन् त जनता नै भन्छन् , गैरराजनीतिक पृष्ठभूमिबाट आएको भन्दा राजनितीक पृष्ठभूमिबाट सबै बुझेर आएको यो चाहिँ बैकल्पिक शक्ति हो। राजनिती गहनरुपमा बुझेर नै बाबुरामले नयाँ शक्ति स्थापना गरे।तर पनि सम्पन्न निर्वाचनले नयाँ शक्तिको शक्ति बलियो देखाएन। बौद्धिक व्यक्तिको एक झुण्ड रहेको पार्टीको करिश्मा कतिको हुन्थ्यो जनताले पत्याउन सक्ने वातावरण नै बन्न सकेन। दुइवटा बैकल्पिक शक्ति आइसकेको अवस्थामा फेरि अर्को जन्मियो शाझा पार्टी।लामो समय पत्रकारिता गरेर राजनितीम आएका व्यक्तिले स्थापना गरेको भनेर पार्टीको चर्चा चल्यो।
बिबिसी नेपाली सेबामा बढी सुनिने नाम सर्वत्र सुनिन थाल्यो रविन्द्र मिश्र । पत्रकारबाट परिचय बदलियो राजनितिक नेताको। भर्खरै जन्मिए पनि साहसिकरुपमा चुनावमा होमिएको पार्टीले पनि पहिलो पटकमै निरास हुनु पर्यो। हुनत माथि उल्लेखित बाहेकका पनि बैकल्पिक शक्ती आए होलान् तर चर्चा यिनैको छ।तर भनिन्छ असफलता नै सफलताको कारण हो।माथि उल्लेखित पार्टीको पार्टीगत रुपमा पहिलो चुनावको अनुभव पनि हो।सबैले सायद बेग्लै अनुभव लिने मौका पनि पाए ।
सायद अबका दिनमा सबैका रणनीति फरक होला? तर यहाँ बैकल्पिक शक्तिको कुरा गर्दा भन्नै पर्छ के बैकल्पिक शक्ति भनेको पार्टी मात्र हुन्छ।के व्यक्ति शक्ति बन्न सक्दैन। के नेपालमा विध्मान पार्टीको सिदान्त कमजोर हो? पार्टीमा लाग्ने व्यक्तिले त सौदान्तिक अध्ययन गर्नुपर्छ।के पहिलो क्षेणीको नेता बन्नकै लागि नयाँ पार्टी स्थापना गर्ने र राजनिती गर्ने हो? यदि यो नै विचार हो भने बैकल्पिक शक्तिको भबिष्य पनि अन्धकारमय नै देखिन्छ ।
तर यहाँ बैकल्पिक शक्तिको कुरा गर्दा भन्नै पर्छ के बैकल्पिक शक्ति भनेको पार्टी मात्र हुन्छ। के व्यक्ति शक्ति बन्न सक्दैन। के नेपालमा विध्मान पार्टीको सिदान्त कमजोर हो? पार्टीमा लाग्ने व्यक्तिले त सौदान्तिक अध्ययन गर्नुपर्छ।के पहिलो क्षेणीको नेता बन्नकै लागि नयाँ पार्टी स्थापना गर्ने र राजनिती गर्ने हो? यदि यो नै विचार हो भने बैकल्पिक शक्तिको भबिष्य पनि अन्धकारमय नै देखिन्छ।यदि बैकल्पिक शक्तिको आवश्यक भए बैकल्पिक शक्तिको नारा रटाउनेहरु एक हुन आवश्यक छैन? तर यतिबेला देशले खोजेको बैकल्पिक व्यक्ति हो शक्तिको रुपमा।त्यसमा हुन आवश्यक व्यक्तिगत गुण मात्र हो। राजनितीक व्यक्तिमा आवश्यक ज्ञान हो।साहस हो।नेपालमा पनि आवश्यक गुण भएका व्यक्ति छन्।तर तिनले आवश्यक अवसर पाएनन्। कोहि व्यक्ति होलान् पार्टीमा चाप्लुसिमा हारेर हराए।कोहि स्वाभिमानमा जितेर हराए। कोहि भात्रि संगठनको निर्वाचनमा हारे। भेटिन्छन् कोहि यस्तै ।
कोहि आन्तरिक पार्टीको निर्वाचनमा चाप्लुसि नगरेर स्वाभिमानमा बाचेर राजनिती गरेकाहरु।हो जनताले खोजेका शक्ति त्यता पनि हुनसक्छन्। तर नेपालमा चाप्लुसिले नै चल्छ सबै।तर नयाँ व्यक्ति आएमा केही संभव छ भनेर देखाइ दिए नि गगन थापाहरुले।नयाँ व्यक्तिमा जोस मात्र होइन होस् पनि हुदोरहेछ भनेर।अनि जनार्दन शर्माहरु पनि हौसिए नि नयाँसँगै प्रतिस्पर्धात्मक रुपमा काम गर्न। सबै पुराना पुरातन र सबै नयाँ नौलो हुहैनन्,सोचे जस्तो। नेपालमा राजनिती गर्न बैकल्पिक शक्तिको आवश्यक होइन,मात्र इच्छाशक्ति युक्त व्यक्तिको हो।
नेपालमा बैकल्पिक शक्तिको बहस जति गरे पनि यो बुझ्न आवश्यक छ कि अधिकांस नेपालीको भित्र भाग सम्म पार्टीगत जरा गढेको छ।त्यसकारण त्यो जरा हटाउन ठुलै भुइचालो भनेर आउनुपर्छ बैकल्पिक शक्तिहरु। नेपाल फ्रान्स जस्तो होइन जसरि नयाँ व्यक्ति आउने बितिकै पुरानो कार्यमा विश्वाश गर्दै राजनितीमा पनि जनताले विश्वास गर्ने। अनि दोस्रो कुरा नेपालमा त्यस्तो किसिमको राजनितीक मनोविज्ञान पनि विकास भएको छैन भन्ने कुरा पनि गएको निर्वाचनले देखाइएको छ।तर यो यसो पनि हुन सक्छ कि उक्त निर्वाचनमा पनि पुराना भनिने पार्टीले आसा लाग्दा व्यक्तलाई उठाए अनि जिते।
र यसै ठिक हुनसक्छ भने पनि किन फेरि बैकल्पिक शक्ति आवश्यक पर्यो।तर आज व्यक्ति पिच्छेको बैकल्पिक शक्तीले जनतामा पनि यो बुझ्न सहयोग गरेको छ कि बैकल्पिक शक्तिहरु पनि राजनितिक मोहले गर्दा नै राजनितीमा होमिएका हुन्। अब त बहस पनि यताबाट सुरु होला नयाँ राजनितील अनुहारको बैकल्पिक शक्ति र पुरानो राजनितीक अनुहारको बैकल्पिक शक्ति। तर नयाँ भन्दाभन्दै पुराना शक्तिको पनि नयाँ अनुहारसँगको राजनितीक यात्रा साच्चै जनताले जाच्ने मात्र समय नहोस्।सबैले गरून् देशको लागि गरुन।देश बनोस्।जतिसक्दो नेपाल समृद्ध बनोस्, सफल बनोस ।

-टोखा काठमाडौँ

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0