उम्मेदवारी फिर्ता र निर्वाचन चिन्हको वितरण आज
उम्मेदवारी फिर्ता र निर्वाचन चिन्हको वितरण आज

उम्मेदवारी फिर्ता र निर्वाचन चिन्हको वितरण आज

काठामाडौ – दोस्रो चरणको स्थानीय निर्वाचन अन्र्तगर्त गत असार ४ गते उम्मेदवारी दर्ता गराएकाहरुलाई मंगलबार उम्मेदवारी फिर्ताको समय दिएको छ । निर्वाचन आयोगले उम्मेदवारलाई आजै निर्वाचन चिह्नसमेत प्रदान गर्ने कार्यक्रम छ ।

उम्मेदवारी फिर्ता लिन चाहानेहरुलाई बिहान ८ बजेदेखि ११ बजेसम्मको समय दिएर आयोगले उम्मेदवारी फिर्ताको अवसर दिएको हो । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी फिर्ता लिने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

बिहान ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई मंगलबार नै बिहान ११ः३० बजेदेखि बेलुका ६ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

दोस्रो चरण अन्तर्गत हुन गइरहेको स्थानीय निर्वाचन प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहमा यही असार १४ गते हुँदैछ । प्रदेश नंम्बर २ को निर्वाचन भने असोज २ का लागि सारिएको छ ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0