प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार विहान निधन
प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार विहान निधन

प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार विहान निधन

 

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पुत्रशोक परेको छ ।

प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार विहान निधन भएको छ । लाजिम्पाटस्थित घरमै सुतेका प्रकाशलाई आइतबार विहानै अचेक अवस्थामा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

प्रकाशको निधनपछि प्रचण्ड परिवार शोकमा छ । आमा सीता दाहाल अस्पताल समेत आउन सकेकी छैनन् ।

चुनाव प्रचारका क्रममा झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका छन् । उनी केहीबेर अघि नर्भिक अस्पताल आइपुगेका छन् ।

प्रकाशकी पत्नी सिर्जना त्रिपाठी विहानै छोरासहित अस्पताल पुगेकी थिइन् । उनी अहिले बेहोस भएकी छन् र अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै चुनाव प्रचारका लागि कञ्चनपुरमा रहेकी पत्नी विना मगर पनि आएकी छन् ।अस्पताल पुग्दा उनी भावविहल थिइन् ।

प्रकाशलाई विहान साढे ५ बजे अस्पताल पुर्‍याइएको थियो । डा. जेपी जैसलवालले भने, उहाँको हात चिसो भइसकेको थियो । पल्स -हातको गति) थिएन । स्वास स्वासप्रवास भइरहेको थिए र शरीर कडा भइसकेको थियो ।’

चिकित्सकहरुले विहान करिव ६ बजे प्रकाशको निधन भएको घोषणा गरेका थिए ।

प्रकाशको निधनको कारण आकस्मिक हृदयाघात भनिएको छ । डा. अग्रवालले भने, ‘सबै ठीक छ, केही सेवन गरेको पनि देखिएन । यो आकस्मिक हृदयघात हो ।’

अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयाघात भएको चिकित्सकहरुको अनुमान छ । डा. जैसवालले भने, ‘शरीर कडा भइसकेकाले अस्पताल ल्याउनु करिव तीन घन्टा पहिले नै शरीर त्यागेको (मृत्यु भएको) हुनसक्छ ।’

चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसाग झापा नगई काठमाडौं आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । कञ्चनपुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् ।

घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको प्रकाश आइतबार बिहान चााडो नउठेपछि आमा सीता दाहाल हेर्न जाँदा अचेत अवस्थामा भेटिएका हुन् ।

लगतै उनलाई सन्तु दराई (परवाना) लगायतले गाडीमा राखेर नर्भिक अस्पतालमा पुर्‍याएका थिए ।

प्रकाशको निधनपछि प्रचण्ड परिवार शोकमा छ ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0