पारस खड्काले हालेको भ्रष्टाचारको मुद्दामा सर्वोच्चबाट सफाइ पाए
पारस खड्काले हालेको भ्रष्टाचारको मुद्दामा सर्वोच्चबाट सफाइ पाए

पारस खड्काले हालेको भ्रष्टाचारको मुद्दामा सर्वोच्चबाट सफाइ पाए

नेपाली क्रिकेट कप्तान पारस खड्कालगायत ४ खेलाडीले भ्रष्टाचारको आरोप लगाउँदै करिब ३ वर्षअघि अख्तियारमा दायर गरेको मुद्दामा नेपाल क्रिकेट संघ (क्यान) का पूर्व तथा वर्तमान पदाधिकारीले पुनः सफाइ पाएका छन्। सर्वोच्च अदालतले विहिबार भ्रष्टाचार मुद्दामा विशेष अदालतको पुरानो निर्णयलाई सदर गर्ने निर्णय गरेको हो। अख्तियारले दायर गरेको मुद्दा हचुवाको आधारमा भएको भन्दै डेढ वर्षअघि विशेष अदालतले क्यानका पूर्व अध्यक्ष टंक आङ्बुहाङसहित १० जनालाई सफाइ दिएको थियो। सोही मुद्दा अख्तियारले सर्वोच्च अदालतमा पुनः दायर गरेको थियो। ‘राष्ट्रिय खेलाडीलाई वर्गिकरण गरेर तलब दिनेलगायत टि–२० विश्व कपको महत्वकाक्षी योजना अगाडि सार्दा पनि हाम्रो चरित्र हत्या गर्ने काम भयो’, निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलेले सेतोपाटीसँग भने। उनले सर्वोच्च अदालतबाट संघका पूर्व तथा वर्तमान पदाधिकारीले न्याय पाएकोमा खुसी व्यक्त गरे। सन् २०१४ मा नेपालले बंगलादेशमा आयोजना भएको टि–२० विश्व कप खेलेर फर्किएपछि नेपाली टिमका कप्तान खड्कासहित ४ खेलाडीले तत्कालिन क्यान पदाधिकारीविरुद्ध भ्रष्टाचारको आरोप लगाएका थिए। यो मुद्दामा विदेशी प्रशिक्षक पुबुदु दासनायके बयान दिन अख्तियार पुगेका थिए।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0