रोनाल्डोले आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक गरेका छन्
रोनाल्डोले आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक गरेका छन्

रोनाल्डोले आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक गरेका छन्

रिअल म्याड्रिड फुटबल क्लबले जनाए अनुसार फुटबल स्टार क्रिस्टियानो रोनाल्डो तिन बच्चाका बुबा बनेका छन् |  श्रोतका अनुसार उनी जून ८ तारिखमा जुम्ल्याहाको जन्म भएको थियो | रोनाल्डोको यसअघि नै सात वर्षीय छोरा क्रिस्टियानो रोनाल्डो जुनियर रहेका छन् ।

अर्को एक रिपोर्ट अनुसार रोनाल्डोको ६२ वर्षकी  आमा दोलोरेस अवेइरो   जुम्ल्याहाहरुलाई भेट्नको लागि अमेरिका पुगेकी थिईन |

 स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक गरेका छन् ।  दुई सन्तान सरोगेट आमाबाट जन्मिएका हुन् ।

बिहिबार छोराहरुको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मेरो जीवनका दुई नयाँ मायालुहरुलाई बोक्न पाउँदा खुसी छु ।’

बुधबार कन्फेडेरेसन्स कपको सेमिफाइनलमा चिलीसँग पराजित भएसँगै रोनाल्डो छोराहरु भेट्नका लागि घर फर्किएका थिए ।

फुटबलका कारण उनले आफ्नो छोरा र छोरीलाई भेट्न पाएका थिएनन् । दुई जनाको नाम माटेयो र इभा राखिएको बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेज पनि पाँच महिनाको गर्भवति रहेको बताइन्छ ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0