इंग्ल्याण्डले महिला विश्वकप क्रिकेटको उपाधि
इंग्ल्याण्डले महिला विश्वकप क्रिकेटको उपाधि

इंग्ल्याण्डले महिला विश्वकप क्रिकेटको उपाधि

इङ्ल्यान्डको महिला क्रिकेट टिमले विश्व कपमा कब्जा जमाएको छ। आइतबार राती लर्डसमा भएको फाइनलमा भारतलाई ९ रनले पराजित गर्ने क्रममा इङ्लिस महिला टोलीले विश्व कपको उपाधि जितेको हो।

इङ्ल्यान्डले पहिलो ब्याटिङ गर्ने क्रममा ७ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो। जवाफमा भारत ४८ दशमलव ४ ओभरमा २ सय १९ रन बनाउँदै अल आउट भयो।

इंग्ल्याण्डले प्रस्तुत गरेको २२९ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४८.४ ओभरमा २१९ रनमा समेटियो । एक समय भारत जित नजिक देखिएको थियो । ४३ औं ओभरमा ३ विकेट गुमाएर १९१ रन बनाएको थियो । तर, थप २० रन जोड्दा अलआउट भयो ।

भारतकी पुनम राउतले ८६ रन बनाइन् भने हरमनप्रीत कौरले ५१ रनको योगदान दिइन् ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२८ रन बनाएको थियो । उसका लागि न्याटली स्किवरले ५१ रन बनाइन् भने सारा टेलरले ४५ रनको योगदान दिइन् ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0