रोनाल्डोबिना मैदान उत्रिएको रियल बार्सिलोनासँग पराजित
रोनाल्डोबिना मैदान उत्रिएको रियल बार्सिलोनासँग पराजित

रोनाल्डोबिना मैदान उत्रिएको रियल बार्सिलोनासँग पराजित

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गतको एल क्लासिको भिडन्तमा बार्सिलोना विजयी भएको छ । आइतबार बिहान अमेरिकामा भएको प्रि सिजनको एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ३ – २ ले पराजित गरेको हो ।

मियामीमा भएको प्रि सिजनको एल क्लासिको भिडन्तमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी, इभान राकीटिच र जेरार्ड पिकेले समान एक एक गोल गरे  ।

रियलका लागि मटियो कोभाचिच र मार्को एसेन्सियोले समान एक एक गोल फर्काए ।

सनलाइफ स्टेडियममा क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको रियलबिरुद्ध बार्सिलोनाले खेलको तेस्रो मिनेटमा नै सुरुवाती अग्रता बनाएको थियो । रोनाल्डो हाल बिदामा रहेका छन् । खेलको तेस्रो मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । सातौं मिनेटमा राकीटिचले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको १४ औं मिनेटमा मटियो कोभाचिचले गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरे ।

खेलको ३६ औं मिनेटमा रियलका एसेन्सियोले गोल गरेपछि पहिलो हाफ २ – २ गोलको बराबरीमा सकियो ।दोस्रो हाफमा बार्सिलोनाले एक गोल गर्दै खेल आफ्नो पक्षमा बनायो । खेलको ५० औं मिनेटमा पिकेले गोल गरेपछि प्रि सिजनको एल क्लासिकोमा बार्सिलोनाले ३ – २ ले आफ्नो बनायो ।

यूरोपियन फुटबलमा नयाँ सिजन सुरु हुनुअघिको प्रि सिजनको तयारीमा रहेको बार्सिलोना र रियल हाल अमेरिकामा रहेका छन् ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0