वेष्ट इन्डिजविरुद्ध भारतको हार
वेष्ट इन्डिजविरुद्ध भारतको हार

वेष्ट इन्डिजविरुद्ध भारतको हार

घरेलु टोली वेष्ट इन्डिजविरुद्धको अन्तर्राष्ट्रिय टि – ट्वान्टी क्रिकेटमा भारत पराजित भएको छ । वेष्ट इन्डिजको भ्रमणमा रहेको भारत आइतबार राती भएको एक मात्र टि – ट्वान्टी क्रिकेटमा घरेलु टोलिसँग ९ विकेटले पराजित भएको हो ।

किङसटनमा भारतले दिएको १९१ रनको लक्ष्य वेष्ट इन्डिजले १८ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इन्डिजको जितमा इविन लेविसले अविजित १२५ रनको शतकीय पारी खेले । अन्तर्रा्ष्ट्रिय टि – ट्वान्टी क्रिकेटमा दोस्रो शतक बनाउने क्रममा लेविसले ६२ बलमा १२ छक्का र ६ चौका प्रहार गरे । यस्तै वेष्ट इन्डिजका मर्लोन सामुएल्सले अविजित ३६ तथा क्रिस गेलले १८ रन बनाए । भारतका कुलदीप यादवले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९० रन बनाएको थियो । भारतको लागि दिनेश कार्तिकले ४८ तथा कप्तान विराट कोहलीले ३९ रन बनाए ।  यस्तै रिशाब पन्तले ३८ तथा शिखर धवनले २३ रन जोडे । वेष्ट इन्डिजका लागि जेरोमी टेलर र केसृक विलियम्सले समान दुई दुई विकेट लिए ।
च्याम्पियन्स ट्रफी सकिए लगत्तै वेष्ट इन्डिजको भ्रमणमा निस्किएको भारतले घरेलु टोलीसंग एकदिवसीय क्रिकेट सिरिज खेलेको थियो । यसअघि भएको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज भने भारतले ३ – १ ले जितेको थियो ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0