अब अमेरिका जानको लागि  सामाजिक सञ्जालको विवरण दिनुपर्ने
अब अमेरिका जानको लागि  सामाजिक सञ्जालको विवरण दिनुपर्ने

अब अमेरिका जानको लागि सामाजिक सञ्जालको विवरण दिनुपर्ने

ट्रम्प प्रशासनले अमेरिका आउने विदेशीलाई मध्य नजर गर्दै नयाँ नियम लागु गरेको छ । नयाँ नियममा अब अमेरिका जान चाहनेहरुले पहिल्लो ६ बर्ष सम्ममा आफूले चलाएका सम्पूर्ण सामाजिक सञ्जालको खाता दिनुपर्ने र १५ बर्ष सम्मको बायायेग्राफीको सम्पूर्ण जानकारी दिनुपर्ने नियम लागू गरेको छ । साथै, पुरानो पासपोर्ट नम्बर, फोन नम्बर र इमेल ठेगाना दिनुपर्ने नियम लागू गरेको छ ।

अब भने अमेरिका जानेले पहिल्लो ६ बर्ष सम्ममा आफूले चलाएका सामाजिक सञ्जालको एकाउन्ट्सको नाम र १५ बर्ष सम्मको बायायेग्राफीको सम्पूर्ण जानकारी दिनुपर्ने भएको छ ।

अमेरिका जान भर्नुपर्ने भिसा अनुमति फारममा पुरानो पासपोर्ट नम्बर, ६ वर्षको ‘सोसल मिडिया ह्यान्डल्स’को सम्पूर्ण जानकारीको साथै, इमेल ठेगाना, फोन नम्बरको सम्पूर्ण जानकारी उल्लेख गर्नुपर्नेछ ।

‘अमेरिकन डिपार्टमेन्ट अफ स्टेट भिसा’का लागि आवेदन दिनेहरुको सम्पूर्ण जानकारीको अध्ययन गर्न सुरु गरिएको हो । बुधबार मात्रै ‘स्टेट डिपार्टमेन्ट’का एकजना अधिकारीले आवेदन दिएका व्यक्तिहरुको परिचय जाँच गर्न, सामाजिक सञ्जालको गतिविधि निगरानी गर्न सुरक्षा सर्तकताका लागि आवश्यक रहेको बताए । तर, ती अधिकारीले सामाजिक सञ्जालको ‘पासवर्ड’ भने नमागिने बताए ।

रोयटर्स समाचार संस्थाकाअनुसार गत मे २३ मा ट्रम्प प्रशासनले भिसा आवेदकहरुको सामाजिक सञ्जालमा निगरानी बढाउन भिसा फारममा फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतको जानकारी अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्थामा स्वीकृति दिएपछि यो नियम लागू भएको हो ।

ट्रम्प प्रशासनले यो नियम कसैको व्यक्तिगत स्वतन्त्रता हनन् गर्न नभइ आतंकवाद, घुसपैठ रोक्न र राष्ट्रिय सुरक्षा बलियो बनाउन लागू गरेको जनाउँदै सम्पूर्ण जानकारी गोप्य राखिने उल्लेख गरेको छ ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0