ब्रिटेनमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु
ब्रिटेनमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु

ब्रिटेनमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु

ब्रिटेनको लण्डनमा एउटा भ्यानले पैदलयात्रुको समूहलाई ठक्कर दिंदा एकजनाको ज्यान गएको छ   भने आठजना घाइते भएका छन् ।  प्रहरीले बिहानीको समयमा फिन्सबरी पार्क जिल्लामा भएको उक्त घटनालाई गम्भीर दुर्घटना भनेको छ । मानिसहरुद्वारा समातिएका भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ। प्रतिआतंकवाद प्रहरीले घटनाबारे अनुसन्धान थालेको बताइएको छ।

मुस्लिम समुदायलाई सुरक्षाप्रति आश्वस्त तुल्याउन थप सुरक्षाकर्मी परिचालन गरिएको छ । ब्रिटेनको मुस्लिम काउन्सिलले श्रद्धालुहरुलाई उक्त भ्यानले नियोजित रुपमा ठक्कर दिएको जनाएको छ ।घाइतेमध्ये धेरैजना रमजानको व्रत तोडी प्रार्थना सकेर फर्किरहेका मानिसहरु हुन सक्ने ठानिएको छ।

लण्डन एम्बुलेन्स सेवाले घटनास्थलमा आफ्ना उद्धार टोलीहरु खटाएको जनाएको छ। घटना लगत्तै अनलाइनमा राखिएका भिडियोमा मानिसहरुले घाइतेलाई मद्दत गर्न प्रयास गरेको अन्योलपूर्ण अवस्था देखिन्छ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0